काठमाडौं। सेयर बजार सूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक शुक्रबार १.६३ अंकले बढेर २७०२.११ विन्दु कायम भएको छ।
फाइनान्स, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र ट्रेडिङका सूचकले बजार बढाएका हुन्।
बजारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ। एपोलो हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। यस्तै, सोपान फर्मास्युटिकल्स कम्पनीको सेयर मूल्य १४ प्रतिशतले बढेको छ।
१४० कम्पनीको सेयर मूल्य घटेको छ। बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १२.४५ प्रतिशतले घटेको छ।
बजारमा ४ अर्ब ५३ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।









