चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या दोब्बरले बढ्यो



बिजमाण्डू
२०८३ असार ४ गते १४:२७ | Jun 18, 2026
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या दोब्बरले बढ्यो

काठमाडौं । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या झन्डै दोब्बरले बढेको छ।

Tata
GBIME
Nepal Life

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए।

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्ज प्रवेशका लागि ८ वटा नाकाबाट पर्यटक आउने गर्छन्। नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन्।

चितवनमा जीप सफारी सहित पैदल यात्राका लागि पर्यटक पुग्ने गर्दछन्। निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावार र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन्। रासस