राहदानी विभागका महानिर्देशक अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति, भष्टाचारको कसुर



बिजमाण्डू
२०८३ असार २ गते १८:०४ | Jun 16, 2026
राहदानी विभागका महानिर्देशक अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति, भष्टाचारको कसुर

काठमाडौं। विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Tata
GBIME
Nepal Life

राहदानी छपाइको ठेक्का दिंदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याललाई सोमबार साँझ नियन्त्रणमा लिएकामा अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

हिरासत अवधि सोमबारदेखि नै गणना हुनेछ। अख्तियारको टोलीले अर्यालसँग मंगलबार बयान लिने काम नसकिएपछि अदालतसँग हिरासतमा राख्न अनुमति मागेको थियो।

अदालतले विभागका निर्देशक सुनिल कुमार केसीलाई पनि ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।