हिमालयन रीका पूर्व सीइओ राममूर्तिलाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना



बिजमाण्डू
२०८३ असार २ गते १०:११ | Jun 16, 2026
हिमालयन रीका पूर्व सीइओ राममूर्तिलाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन री इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन राममूर्ति सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले सोधपुछ तथा अनुसन्धानका लागि आवश्यक भएको भन्दै मंगलबार सूचना जारी गरेको छ। भारत तमिलनाडु घर भएका राममूर्ति सुरुवातको केही समय हिमालयन रीको प्रमुख कार्यकारी अधिकृत थिए।

‘यस सूचनाको मितिदेखि यात्राका लागि आवश्यक समय बाहेक ७ (सात) दिनभित्र कार्यालय समयभित्र यस विभागमा उपस्थित हुन जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘यो सूचना सम्पत्ति (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरिएको हो। तोकिएको अवधिभित्र उपस्थित नभएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिनेछ।’

उनी गएपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत उपसना पौडेल थिईन्। विभागले हिमालयनबाट गैरकानुनी रुपमा ५२ करोड रुपैयाँ भुक्तानी लिन विवादास्पद व्यापारी दीपक भट्टको सासुआमा अन्जना नेपालका नाममा खडा गरेको एलियन्ट ब्रोकरेजका बारेमा अनुसन्धान गरिरहेको छ।