सेयर बजार ओरालो लागेको असर पुँजीगत लाभकरमा, ३७.५ प्रतिशतले गिरावट



बिजमाण्डू
२०८३ असार २ गते १२:१५ | Jun 16, 2026
सेयर बजार ओरालो लागेको असर पुँजीगत लाभकरमा, ३७.५ प्रतिशतले गिरावट

काठमाडौं। सेयर बजार ओरालो लागेको असर पुँजीगत लाभकरमा परेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष ११ महिनामा सेयर बजारबाट सरकारले ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। यो रकम गत आर्थिक वर्ष सोही अवधिको तुलनामा ३७.५ प्रतिशत कम हो।

गत वर्ष ११ महिनामा सरकारले सेयर बजारबाट १५ अर्ब २७ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो।

यसपालि जेठमा सरकारले जम्मा ४३ करोड १८ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। यो रकम पोहोर सोही अवधिको तुलनामा ६३.३५ प्रतिशत कम हो। वैशाखमा ९३ करोड ६१ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि चैत दोस्रो सातासम्म सेयर बजार उकालो लागेकामा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि ओरालो लागिरहेको छ।

चैत दोस्रो सातादेखि ओरालो लागेको बजार अहिले २७१३ विन्दुमा छ। बजारमा कारोबार रकम खुम्चिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर २.५ प्रतिशत विन्दुले वृद्धि गरेर १० प्रतिशत पुर्‍याएको छ।

दुई आर्थिक वर्षमा सेयर किनबेचबाट सरकारलाई प्राप्त पुँजीगत लाभकर रु लाखमा

महिना२०८२/८३२०८१/८२फरक %
साउन२१५७५४२३७८-४९.०९
भदौ६०१४२५७९४-७६.६८
असोज२४३९५८६५-५८.४१
कात्तिक३८०५७५८७-४९.८५
मंसिर६,२९८१०४००-३९.४४
पुस५,८४३५८०००.७४
माघ१२९१९१०५७०२२.२२
फागुन५५१५१३३०२-५८.५४
चैत१७३५७६९३५१५०.२८
वैशाख९३६११२२९२-२३.८४
जेठ४३१८११७८२-६३.३५
कुल९५४४४१५२७०५-३७.५
स्रोत : सीडीएससी