अर्थमन्त्री स्वर्णिमको बजेट स्मार्ट झुट भएको थापाको आरोप, आफ्नै किताबजस्तो अतृप्त राख्नुभयो



बिजमाण्डू
२०८३ असार १ गते २०:०७ | Jun 15, 2026
अर्थमन्त्री स्वर्णिमको बजेट स्मार्ट झुट भएको थापाको आरोप, आफ्नै किताबजस्तो अतृप्त राख्नुभयो

काठमाडौं। अर्थशास्त्री प्राडा. रेशम थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत स्मार्ट झुट बोल्ने काम गरेको आरोप लगाएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल कानुन समाजद्वारा सोमबार आयोजित कार्यक्रममा सुवर्ण शम्शेरको सपना देखाएर स्मार्ट झुट बोलेको आरोप लगाएका छन्।

‘उहाँले पूराना राजनीतिक दलले ल्याएका योजनालाई समेटेर बजेट ल्याउनुभएको छ। मलाई कुनै पद पाउने आशा छैन। तपाईंहरु पनि पदको आशा गरेर बजेटको क्रिटिकल्ली हेर्ने काम गर्नुहोला,’ उनले भने, ‘उहाँको किताब छ क्यारे अतृप्त सपना भन्ने। त्यस्तै जनतालाई अतृप्त राख्ने काम गर्नुभयो।’