लुम्बिनी प्रदेशमा ३७.३८ अर्बको बजेट, मन्त्रालय संख्या ८ मा झार्ने घोषणा



बिजमाण्डू
२०८३ असार १ गते १९:४९ | Jun 15, 2026
लुम्बिनी प्रदेशमा ३७.३८ अर्बको बजेट, मन्त्रालय संख्या ८ मा झार्ने घोषणा

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ३७ अर्ब ३८ करोडको बजेट ल्याएको छ।  

Tata
GBIME
Nepal Life

आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा चालुतर्फ ११ अर्ब र पुँजीगततर्फ २२ अर्ब ७१ करोड छुट्याइएको बजेट पेस गरेका छन्। वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५५ करोड विनियोजन गरिएको छ।

यो खर्च बेहोर्न ६ अर्ब ६१ करोड आन्तरिक स्रोतबाट प्राप्त हुने लुम्बिनी सरकारको अनुमान छ। त्यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ३१ करोड, रोयल्टी ३० करोड प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ।

संघीय सरकारबाट विभिन्न शीर्षकका अनुदानका रुपमा १४ अर्ब प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै चालु आवको बचतबाट ३ अर्ब ७३ करोड परिचालन हुने उल्लेख छ।

लुम्बिनी सरकार प्रशासनिक खर्च कटौतीमा निर्मम भएको छ। यसका लागि मन्त्रालय संख्या ८ मा झारिने बजेट वक्तव्यमा उल्लेख छ। त्यस्तै प्रशासनिक खर्च कम गर्न दरबन्दी पुनरवलोकन गर्ने बजेटमा उल्लेख छ। यसका लागि सूचना प्रविधि र डिजिटल प्रशासनमा जोड दिइएको छ।