प्रतिनिधि सभामा बजेटमाथि सुरु भयो छलफल, ९ मन्त्रालयका कार्यक्रमबारे बोल्न ८ मिनेट



बिजमाण्डू
२०८३ असार १ गते १२:५३ | Jun 15, 2026
प्रतिनिधि सभामा बजेटमाथि सुरु भयो छलफल, ९ मन्त्रालयका कार्यक्रमबारे बोल्न ८ मिनेट

काठमाडौं। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएको छ। प्रतिनिधि सभाको सोमबारकव बैठकमा विभिन्न ९ मन्त्रालयको बजेटमाथि छलफल सुरु भएको हो।

Tata
GBIME
Nepal Life

सभामुख डीपी अर्यालले युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय. शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि एकसाथ छलफल सुरु गराएका छन्।

अर्यालले सांसदहरुलाई ९ मन्त्रालयका कार्यक्रमबारे धारणा राख्न ८ मिनेटका दरले समय दिएका छन्।