बागमतीमा सवारीको लाइसेन्स परीक्षा अनलाइनबाट, यातायात कार्यालयमा ‘फेसलेस’ सेवा



बिजमाण्डू
२०८३ असार १ गते १८:१६ | Jun 15, 2026
बागमतीमा सवारीको लाइसेन्स परीक्षा अनलाइनबाट, यातायात कार्यालयमा ‘फेसलेस’ सेवा

काठमाडौं। बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित परीक्षा अनलाइनबाट लिने भएको छ।

Tata
GBIME
Nepal Life

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यातायात कार्यालयहरुलाई ‘फेसलेस’ बनाउने र लाइसेन्सको लिखित परीक्षा अनलाइनबाट सञ्चालन गर्ने योजना ल्याएको हो।

प्रयोगात्मक परीक्षालाई पनि स्वचालित बनाउने घोषणा गरिएको छ। यसबाट लाइसेन्सको ट्रायल परीक्षामा मिलेमतो कम हुने बागमती सरकारको विश्वास छ।

बागमती सरकारले केन्द्र सरकारको समन्वयमा लाइसेन्स आफैं छपाइ गर्ने योजना पनि ल्याएको छ।

सार्वजनिक यातायातमा यान्त्रिक परीक्षण दैनिकरुपमा गरिने भएको छ। यस्तै सवारी परीक्षण केन्द्र स्थापना गरिने सोमबार सार्वजनिक बजेटमा उल्लेख छ। परीक्षण केन्द्र संचालन गर्न एकीकृत यातायात सेवा केन्द्रको अवधारणा विकास गर्दै लैजाने भनिएको छ। काठमाडौं उपत्यकामा आवश्यकता अनुसार साना सवारीसाधनको दर्ता खुला गरिने पनि बजेटमा उल्लेख छ।