खपत बढाउनको लागि उत्पादन मुलक उद्योगको आवश्यकता छ : वीरेन्द्रराज पाण्डे



बिजमाण्डू
२०८३ जेठ २९ गते ११:३४ | Jun 12, 2026
खपत बढाउनको लागि उत्पादन मुलक उद्योगको आवश्यकता छ : वीरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले खपत बढाउनको लागि उत्पादन मुलक उद्योगको आवश्यकता रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले उत्पादकमुलक उद्यमको खाँचो औंलाएका हुन्।

‘आगामी १० वर्षमा ३० हजार मेगावाटको उत्पादन गर्ने लक्ष्य लिएको छ। खपत बढाउन उत्पादन मुलक उद्योगको आवश्यकता छ,’ उनले भने।

विद्युत व्यापार र प्रसारण लाइन निर्माणकार्य निजी क्षेत्रलाई खुला गर्ने विषय स्वागत योग्य रहेको उनको भनाइ छ। यस्तै, बजेटमा आएको नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न ढिला गर्नु नहुने उनले बताए।