काठमाडौं। सेयर बजार परिसूचक मंगलबार सम्हालिएको छ। कारोबार सुरु भएको २ घण्टा २० मिनेटमा २७०२ अंकमा ओर्लिएको सूचक अन्तिममा २७३३.४९ अंक कायम भएको छ।
जलविद्युत, होटल, अन्य र उत्पादनमूलक समूहले नेप्से सम्हालेका हुन्। बैकिङ समूहमा कुनै फेरबदल भएन। नेप्से सूचक १.५४ अंकले घटेको छ। फाइनान्सको सूचक सबैभन्दा धेरै १.०१ प्रतिशतले ओरालो लागेको छ।
बजारमा १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ। सोपान फर्मास्युटिकल्स र खानीखोला हाइड्रोपावरमा पोजेटिभ सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ९.१६ प्रतिशतले ओरालो लागेको छ।
बजारमा सेयर किनबेच भने बढेको छ। ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो।










