काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ। नेप्से परिसूचक सोमबार २०.२७ अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से सूचक अन्तिममा २७३५.१४ विन्दु कायम भएको छ।
नेप्से तीन कारोबार दिनमा ४५ अंकले घटेको छ।
बजारमा २२१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा उपकार लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले घटेको छ।
४३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। धेरै कमाउनेमा खानीखोला हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ४ अर्ब ८ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।










