प्रतिनिधि सभाको बैठक १५ मिनेटपछि बस्न सकेन, सूचना टाँसेर भोलिसम्मका लागि स्थगित



बिजमाण्डू
२०८३ जेठ २५ गते १४:४१ | Jun 8, 2026
प्रतिनिधि सभाको बैठक १५ मिनेटपछि बस्न सकेन, सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।

Tata
GBIME
Nepal Life

सोमबार प्रतिपक्षी दलहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको बैठक सभामुख डीपी अर्यालले विशेष कारण देखाउँदै मंगलबार अपराह्न १ बजे बस्ने गरी स्थगित गरेका हुन्।

‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै विपक्षी दलहरूले बैठकमा अवरोध गर्दै आएका छन्।

सत्तारुढ रास्वपाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्रमन्त्रीले पनि थप प्रष्ट पार्ने बताए पनि विपक्षी दलहरूले अडान छोडेका छैनन्।