कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई वितरण गर्‍यो सेतो छडी



बिजमाण्डू
२०८३ जेठ २५ गते १२:५७ | Jun 8, 2026
कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई वितरण गर्‍यो सेतो छडी

काठमाडौं। कामना सेवा विकास बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन व्यक्तिहरूलाई २५ थान सेतो छडी वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरेका हुन्।

‘दृष्टिविहीन व्यक्तिहरूका लागि सेतो छडी केवल हिँडडुल गर्ने साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्त्वपूर्ण आधार हो। विशेषगरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट बञ्चित समुदायका दृष्टिविहीन व्यक्तिहरूका लागि यस्ता सहयोगले दैनिक जीवनलाई सहज बनाउन तथा समाजमा सक्रिय सहभागिता जनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ,’ बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख पौडेलले भने।

उनले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे। बैंकले यस्ता कार्यक्रमहरूमार्फत आत्मविश्वास र सामाजिक समावेशितामा सकारात्मक योगदान पुग्ने विश्वास लिएको उनले जनाए।

सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने सर्वोदय परियोजनाका सौगात वाग्लेले बताए।