एसियन गेम्स छनोट फाइनल : हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, कप्तानको सयौँ खेल



बिजमाण्डू
२०८३ जेठ २५ गते १२:२५ | Jun 8, 2026
एसियन गेम्स छनोट फाइनल : हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, कप्तानको सयौँ खेल

काठमाडौं। नेपाली क्रिकेट टोलीले हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ। एसियन गेम्स छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले टस जित्दै हङकङलाई ब्याटिङको निम्ता दिएको हो।

Tata
GBIME
Nepal Life

सिंगापुरमा जारी छनोटमा नेपाल र हङकङसँगै मलेसिया र ओमन एसियन गेम्सका लागि छनोट भइसकेका छन्। नेपाल भने छनोटको फाइनल जित्दै च्याम्पियन बन्ने लक्ष्यमा छ।

आजको खेलमा नेपाली टी-२० टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो सयौँ खेल पूरा गरेका छन्।

नेपाली टोली सेमिफाइनलमा ओमनलाई हराउँदै फाइनलमा आएको हो भने हङकङ मलेसियालाई हराएर आएको हो। समूह चरणमा यी दुवै टोलीले शतप्रतिशत जित निकालेका थिए।

नेपालले चीन र मलेसियालाई हराउँदा हङकङले ओमन, बहराइन र सिंगापुरलाई हराएको थियो।

नेपाली प्लेइङ ११

दीपेन्द्रसिंह ऐरी (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, शेर मल्ल, करण केसी