यती एयरलाइन्सबाट यात्रा गर्ने नेपाल इन्जिनियर्स एशोसिएशनका सदस्यलाई हवाई भाडामा छुट



बिजमाण्डू
२०८३ जेठ २५ गते १२:१० | Jun 8, 2026
यती एयरलाइन्सबाट यात्रा गर्ने नेपाल इन्जिनियर्स एशोसिएशनका सदस्यलाई हवाई भाडामा छुट

काठमाडौं । यति एयरलाइन्सबाट यात्रा गर्ने नेपाल इन्जिनियर्स एशोसिएशन (एनइए) का इन्जिनियरहरुलाई विशेष सुविधा तथा छुट प्राप्त गर्ने भएका छन्। दुवै पक्षबीच छुट दिनेबारे समझ्दारी पत्रमा हस्ताक्षर भएको हो।

Tata
GBIME
Nepal Life

यो सहकार्यको मुख्य उद्देश्य एनइएमा आबद्ध सदस्यहरुलाई व्यावसायिक तथा व्यक्तिगत जीवनमा प्रिमियम सेवाहरू प्रदान गर्नु रहेको जनाइएको छ।

यो सम्झौता अवधि सन् २०२६ मे महिनादेखि सन् २०२७ मे महिनासम्म लागू हुने जनाइएको छ।

समझ्दारी अन्तर्गत हवाई भाडामा संस्थाका सदस्यहरुले ८०० रुपैयाँको छुट पाउनेछन्। संस्थामा दर्ता भएका सम्पूर्ण सदस्यहरूले यती एयरलाइन्सको आधिकारिक मोबाइल एप्लिकेसन वा वेबसाइटमार्फत आन्तरिक उडानको टिकट बुक गर्दा बेस एयरफेयर यो छुट पाउनेछन्। यो छुट सबै आन्तरिक क्षेत्र र भाडाका श्रेणीहरूमा लागू हुने जनाइएको छ।

त्यस्तै, इच्छुक सदस्यहरूलाई कुनै पनि शुल्क नलिई यती एयरलाइन्सको ‘स्काई क्लब मेम्बरसिप प्रोग्राम’ मा आबद्ध गराइने जनाइएको छ।

यसका साथै, स्काई क्लबमा प्रोफाइल भएका संस्थाका सदस्यहरूलाई उपलब्ध सबै उडान मार्ग र फेयर क्लासहरूमा बुकिङ र प्रोसेसिङका लागि विशेष प्राथमिकता दिइने जनाइएको छ।

यस सम्झौताले इन्जिनियरिङ समुदायलाई हवाई यात्राका साथै अन्य विभिन्न सेवाहरूमा समेत विशेष सहुलियत पुर्‍याउने विश्वास लिइएको छ।