काठमाडौं । मेरियट इन्टरनेश्नलका अध्यक्ष डेभिड एस मेरियट नेपाल आउने भएका छन्। मेरिट इन्टरनेश्नलका बोर्ड अध्यक्ष उनी जुन ७ मा काठमाडौंमा हुने काेर्यक्रममा सहभागी हुन आउन लागेका हुन्।
जुन ७ मा सीजी हस्पिटालिटी र मेरियट इन्टरनेश्नलबीच ‘स्ट्राटेजिक पार्टनर्सिप’मा हस्ताक्षर हुँदैछ। सोही कार्यक्रममा अध्यक्ष मेरिट पनि उपस्थित हुने भएका हुन्।
गत वर्ष मेरियट इन्टरनेसनलसँगको आफ्नो सहकार्यलाई निरन्तरता दिँदै सीजी हस्पिटालिटीले नयाँ होटल श्रृंखला ‘सिरिज बाइ मेरियट’ को सुरुवात गरेको थियो।










