सेयर बजार १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा, ४ अर्ब ७० करोडको किनबेच

बिजमाण्डू
२०८३ जेठ २१ गते १५:२२ | Jun 4, 2026
सेयर बजार १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा, ४ अर्ब ७० करोडको किनबेच


काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक बिहीबार १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा आएको छ। कारोबारमा आएका म्युचुअल फण्डबाहेकका सबै उपसमूह घट्दा सूचकसँगै कारोबार रकम घटेको हो।

Vigo
GBIME
Tata

व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै १.७१ प्रतिशतले घटेको छ। बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ। सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य सबैभन्दा धेरै १०.४८ प्रतिशत घटेको छ। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

बजारमा ६३ कम्पनीको सेयर मूल्य बढेको छ। कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बिहीबार सूचकसँगै सेयर किनबेच पनि घटेको छ।

बुधबार सूचक २.६६ अंक बढ्दा कारोबार रकम ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको थियो। बजार घटेर बिहीबार कारोबार रकम ४ अर्ब ७० करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ।

एभरेष्ट बैंकको ऋणपत्रको सबैभन्दा धेरै ३४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, आँखु खोला जलविद्युतको ३२ करोड ५ लाख र सेन्ट्रल फाइनान्सको १८ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।