नेप्से पुनर्संरचना गरिने, बजारमा इन्ट्रा डे, सर्टसेलिङ र डेरिभेटिभ उपकरणको सुरुवात

बिजमाण्डू
२०८३ जेठ १५ गते १७:४५ | May 29, 2026
नेप्से पुनर्संरचना गरिने, बजारमा इन्ट्रा डे, सर्टसेलिङ र डेरिभेटिभ उपकरणको सुरुवात


काठमाडौं । सरकारले सेयर बजारको नियामको क्षमता बढाउने बताएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय ससदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

Vigo
GBIME
Tata

सकारले बजारमा चरणबद्ध रुपमा नयाँ उपकरण ल्याउने बताएको छ। मन्त्री वाग्लेले बजेटमार्फत नेप्से पुनर्संरचनालाई निरन्तरता दिने दोहोर्याएका छन्।

‘पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौं। नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अघि बढाइ इन्ट्रा डे, सर्टसेलिङ र डेरिभेटीभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्नेछौं,’ उनले भने।

वाग्लेले बजारमा सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधि विरुद्ध शून्य सहनशीलता नीति लिने बताए।

यस्तै, नेपालको सेयर बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउने बताए।