सीमित दायित्व सम्बन्धी कानुन बनाएर एन्जल इन्भेष्टमेन्टलाई पीइभीसीमा लगानी प्रोत्साहन गर्ने

बिजमाण्डू
२०८३ जेठ १५ गते १६:४४ | May 29, 2026
सीमित दायित्व सम्बन्धी कानुन बनाएर एन्जल इन्भेष्टमेन्टलाई पीइभीसीमा लगानी प्रोत्साहन गर्ने


काठमाडौं। सरकारले लगानी प्रवर्द्धनका लागि सीमित दायित्व सम्बन्धी कानून तर्जुमा गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय ससदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन।

Vigo
GBIME
Tata

सीमित दायित्व सम्बन्धी कानुन तर्जुमाबाट एन्जल इन्भेष्टमेन्टलाई भेन्जर क्यापिटल तथा प्राइभेट इक्विटीमा लगानी गर्न प्रोत्साहन हुनेछ बताइएको छ।

‘लगानी प्रवर्द्धनका लागि सीमित दायित्व सम्बन्धी कानुन तर्जुमा गर्नेछौं। जसबाट एन्जल इन्भेष्टमेन्टलाई भेन्जर क्यापिटल तथा प्राइभेट इक्विटीमा लगानी गर्न प्रोत्साहन हुनेछ,’ उनले भने।