दर्ता भएका साढे ६२ लाख सवारीसाधनमा ८० प्रतिशत हिस्सा दुई पाङ्ग्रेको

बिजमाण्डू
२०८३ जेठ १३ गते १४:५९ | May 27, 2026
दर्ता भएका साढे ६२ लाख सवारीसाधनमा ८० प्रतिशत हिस्सा दुई पाङ्ग्रेको


काठमाडौं। नेपालमा हालसम्म ६२ लाख ४९ हजार युनिट सवारीसाधन दर्ता भएको सरकारको तथ्यांकले देखाएको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधि सभाको बैठकमा पेस गरेको आर्थिक सर्वेक्षणमा हालसम्म ६२ लाख ४९ हजार ७३२ युनिट बस, मिनिबस, ट्रक, माईक्रोबस, कार, मोटरसाइकल दर्ता भएका उल्लेख गरिएको हो।

सर्वेक्षणमा भनिएको छ, ‘आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माईक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन्। २०८२ फागुनसम्म यस्तो सङ्ख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ। दर्ता भएका सवारी/यातायातका साधनमध्ये ५० लाख भन्दा बढी मोटरसाईकल रहेका छन्।’

सर्वेक्षण प्रतिवेदन अनुसार हालसम्म दर्ता भएका सवारीसाधनमा दुई पाङ्ग्रेको हिस्सा ८० प्रतिशतसम्म रहेको छ।