सेयर बजार ९.२४ अंक घटेर २७७७.१० विन्दुमा, ४ अर्ब ८५ करोडको कारोबार



बिजमाण्डू
२०८३ जेठ १२ गते १५:२२ | May 26, 2026
सेयर बजार ९.२४ अंक घटेर २७७७.१० विन्दुमा, ४ अर्ब ८५ करोडको कारोबार


काठमाडौं। लगातार दुई दिन उकालो लागेको सेयर बजार घटेको छ। नेप्से परिसूचक मंगलबार ९.२४ अंक घटेर २७७७.१० विन्दुमा पुगेको छ।

Tata
GBIME

कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनी बाहेकका उपसमूहले बजार घटाएका हुन्। लगानी उपसमूहको सूचक सबैभन्दा धेरै ०.६९ प्रतिशतले घटेको छ।

१९० कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ता नोक्सानमा रहे। बजारमा सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ।

बजारमा सेयरमूल्य बढेका ६९ कम्पनीका लगानीकर्ताले कमाएका छ्न्। कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशतले बढेको छ। ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सूचकसँगै बजारमा कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार घटेर कारोबार रकम ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।

बजारमा आँखु खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै ४६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिडी पावरको १६ करोड ५९ लाख र साहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।