फेरारीको पहिलो विद्युतीय गाडी ‘लुचे’ सार्वजनिक, मूल्य साढे ९ करोड बढी

बिजमाण्डू
२०८३ जेठ १२ गते ११:१८ | May 26, 2026
फेरारीको पहिलो विद्युतीय गाडी ‘लुचे’ सार्वजनिक, मूल्य साढे ९ करोड बढी


इलाटीको लक्जरी स्पोर्ट्स कार उत्पादक फेरारीले पनि विद्युतीय गाडी निर्माण गरेको छ। गाडीको मूल्य ६ लाख ४० हजार डलर (करिब ९ करोड ७५ लाख नेपाली रुपैयाँ) रहेको छ।

Vigo
GBIME
Tata

फेरारीले आफ्नो इतिहासमै पहिलो पटक पूर्ण रूपमा इलेक्ट्रिक (इभी) मोडल ‘लुचे’ सार्वजनिक गरेको हो। एप्पलका पूर्व डिजाइन प्रमुख सर जोनी इभको एजेन्सी ‘लभफ्रम’ सँगको सहकार्यमा तयार पारिएको यो पाँच सिटको कारको लुक्स परम्परागत फेरारीको भन्दा फरक छ।

पाँच वर्ष लगाएर विकास गरिएको यो कारमा प्रत्येक पाङ्ग्रामा फेरारी आफैँले बनाएको इलेक्ट्रिक मोटर जडान गरिएको छ। जसले गर्दा यसले मात्र २.५ सेकेन्डमा ६० माइल प्रतिघण्टाको गति समात्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले यसका सबै पार्टपुर्जाहरू आफैँ उत्पादन गरेकाले भविष्यमा मर्मत गर्न सजिलो हुने र यसको ‘रिसेल भ्यालु’ जोगिने दाबी गरेको छ।

‘लुचे’ सार्वजनिक भएसँगै सामाजिक संजालमा आलोचना पनि भएको छ। कसैले कारलाई ‘डिजाइनको उत्कृष्ट नमुना र गेम चेन्जर’ भनेका छन् भने कसैले ब्रिटिश ब्रान्ड ज्यागुआरको हालैको विवादित इभी डिजाइन जस्तै फेरारीले पनि आफ्नो विरासत बिगारेको भन्दै आलोचना गर्नेहरु पनि छन्।

तर, फेरारीका मुख्य डिजाइन अधिकारी फ्लाभियो मान्जोनीले भने नयाँ र भिन्न डिजाइनका कारण सुरुमा आलोचना हुनु स्वाभाविक रहेको बताएका छन्। उनले आगामी दिनहरुमा मानिसहरूले यसको महत्त्व बुझ्ने बताएका विश्वास व्यक्त गरेका छन्।