काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक शुक्रबार १६.३८ अंक उकालो लागेर २७५८.४९ विन्दुमा पुगेको छ।
कारोबारमा आएका ट्रेडिङ बाहेकका सबै उपसमूहले बजार बढाएका हुन्। हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ।
बजारमा २०३ कम्पनीको सेयर मूल्य बढेको छ। क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य सबैभन्दा धेरै १४.८१ प्रतिशत बढेको छ। बजारमा ५७ कम्पनीको सेयर मूल्य घटेको छ।
दोहोरो अंकले उकालो लागेको बजारमा सेयर किनबेच पनि बढेको छ। बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँको सेयर कारोबार भएकामा शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ४३ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिडी पावरको २४ करोड ५४ लाख र नेसनल हाइड्रोपावरको १६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।









