ब्याटिङमा सम्झना र बलिङमा पूजाको बलियो प्रदर्शनले मलेसियामाथि नेपालको जित



बिजमाण्डू
२०८३ जेठ ६ गते ११:१९ | May 20, 2026
ब्याटिङमा सम्झना र बलिङमा पूजाको बलियो प्रदर्शनले मलेसियामाथि नेपालको जित
नेपाली महिला क्रिकेट टोली। तस्बिर: मलेसिया क्रिकेट


काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई हराएको छ। एसियन गेम्सको तयारीअन्तर्गत खेलिएको द्विपक्षीय सिरिजको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो।

Tata
GBIME

टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो। यसक्रममा एल्सा हन्टरले सर्वाधिक १० रन बनाउँदा एइना हम्जा हसन, धनुश्री मुहुनन् र इरदिना बेहले समान ७ विकेट लिए।

बलिङमा पूजा महतोले मात्रै १५ रन खर्चिएर ३ विकेट लिँदा मनिषा उपाध्याय र रिया शर्माले समान २ तथा कविता कुँवर र सीता राना मगरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रन बनाउँदा रुबि पोद्दारले १५ रन बनाइन्।

मलेसियाका नूर क्वेसाले ३ विकेट लिँदा एइसा फिर्दौज र एल्सा हन्टरले समान २ तथा नूर दानियाले १ विकेट लिँदै नेपाली ब्याटरलाई दवाबमा राखे पनि लक्ष्यमा पुग्नबाट रोक्न भने सकेनन्।

सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ।

२४ मेबाट नेपाल र मलेसिया दुवैले एसियन गेम्स छनोट खेल्नेछन्। ६ टोली सहभागि उक्त प्रतियोगिताको समूह ‘ए’मा थाइल्याण्ड, हङकङ र मलेसिया छन् भने समूह ‘बी’मा इन्डोनेसिया, नेपाल र चीन छन्।