सूर्यवंशीको प्रभावशाली ब्याटिङमा लखनउलाई हराउँदै राजस्थान प्लेअफका लागि बलियो स्थितिमा



बिजमाण्डू
२०८३ जेठ ६ गते ०५:५८ | May 20, 2026
सूर्यवंशीको प्रभावशाली ब्याटिङमा लखनउलाई हराउँदै राजस्थान प्लेअफका लागि बलियो स्थितिमा
वैभव सूर्यवंशी। तस्बिर: आईपीएल


राजस्थान रोयल्सले लखनउ सुपर जायन्टलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउलाई ७ विकेटले हराउँदै राजस्थान प्लेअफका लागि बलियो स्थितिमा पुगेको हो।

Tata
GBIME

जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२० रन बनाएको थियो। उसका लागि मिचेल मार्सले सर्वाधिक ९६ रन बनाउँदा जोस इनग्लिसले ६० तथा ऋषभ पन्तले ३५ रनको योगदान दिए। बलिङमा यसराज पुञ्जाले २ तथा जोफ्रा आर्चरले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका लागि वैभव सूर्यवंशीले प्रभाशाली ब्याटिङ गर्दा ५ बल बाँकी छँदै लक्ष्य भेट्टाउन सफल भयो। वैभवले ३८ बलमा ७ चौका र १० छक्का प्रहार गर्दै ९३ रन बनाए। त्यस्तै ध्रुव जुरेल ५३ रनमा अविजित रहँदा यशस्वी जैसवालले ४३ रन बनाए। बलिङमा आकाश सिंह र मोहसिन खानले समान १ विकेट लिए।

आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्ग्लुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदराबादले प्लेअफमा स्थान बनाइसक्दा चौथो टोली बन्ने प्रयासमा पाँच टोली छन्। गएरातिको जितसँगै राजस्थानको दाबेदारी यसमा सबैभन्दा बलियो हुनेछ। अब बाँकीको मुम्बईसँगको खेलमा राजस्थानले जित निकाल्न सके स्वत: प्लेअफ पुग्नेछ भने बाँकी सबै टोली बाहिरिनेछन्। अर्थात बाँकी सबै टोलीको समीकरण राजस्थानको हार भएको खण्डमामात्र सुरु हुनेछ।

राजस्थानको १३ खेलबाट १४, पञ्जावको समान खेलबाट १३ तथा चेन्नई र दिल्लीको समान १२ अंक छ। कोलकाताको १२ खेलबाट ११ अंक छ।