सेयर कारोबार १‍८.‍९ प्रतिशत घट्यो, १० महिनामा १४ खर्ब २० अर्ब रुपैयाँको किनबेच



बिजमाण्डू
२०८३ जेठ ५ गते १४:३५ | May 19, 2026
सेयर कारोबार १‍८.‍९ प्रतिशत घट्यो, १० महिनामा १४ खर्ब २० अर्ब रुपैयाँको किनबेच


काठमाडौं। चालु आर्थिक वर्ष सेयर कारोबारमा गिरावट आएको छ। यो आर्थिक वर्ष १० महिनामा १४ खर्ब २० अर्ब ९१ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Tata
GBIME

पोहोर १० महिनाको तुलनामा यो १८.९ प्रतिशत कम हो। गत आर्थिक वर्ष साउनदेखि वैशाखसम्म १७ खर्ब ५२ अर्ब १० करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

हाइड्रोपावर, उत्पादनमूलक तथा प्रशोधन, होटल तथा पर्यटन र डिबेञ्चर बाहेकका क्षेत्रको सेयर किनबेच घटेको हो। हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ६ खर्ब ४२ अर्ब २९ करोड रुपैयाँको किनबेच भएको छ। यो रकम पोहोर वैशाखको तुलनामा १.६६ प्रतिशत बढी हो।

यो वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका कारण केही दिन सेयर बजार बन्द भएको थियो। त्यसपछि राजनीतिक अनिश्चितताको प्रभाव बजारमा देखिएको थियो। अहिले उद्योगी व्यवसायीमाथि सरकारी धरपकडका कारण लगानीकर्ता त्रसित छन्।

चैत दोस्रो साता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। नेप्से सूचक घट्दा सेयर कारोबारमा गिरावट आएको हो।

दुई आर्थिक वर्ष वैशाखसम्म सेयर किनबेच दश लाखमा

सूचक२०८२/८३ वैशाखसम्म२०८१/८२ वैशाखसम्मफरक %
हाइड्रोपावर‍६४२२‍९०.२१‍६३१‍७‍९४.३‍६१.‍६‍६
उत्पादन तथा प्रशोधन१३११‍९‍६.४‍६‍८२२‍५.२१‍९२.३
वाणिज्य बैंक११‍६‍८२४.०३१‍५‍७‍९‍५४.‍९-२‍६.०४
अन्य‍९४०३१.‍९‍६११०४‍५‍६.‍८२-१४.‍८‍७
विकास बैंक‍९३४‍६‍९.३‍८१३‍८२२४.‍८‍५-३२.३‍८
माइक्रोफाइनान्स‍८४४‍६‍६.‍५११४‍५०‍६.‍७‍५-२‍६.२३
इन्भेष्टमेन्ट‍७२‍६‍५‍९.‍७२१३‍८०‍५‍९.‍७‍७-४‍७.३‍७
लाइफ इन्स्योरेन्स‍५०४०१.०‍७‍९‍७०‍६‍७.‍५‍६-४‍८.०‍८
फाइनान्स४‍६१‍६१.‍७‍७१‍६१२०‍९.‍८४-‍७१.३‍७
होटल तथा पर्यटन३१२०‍८.०१३०‍७‍७०.‍८‍६१.४२
निर्जीवन बीमा कम्पनी२‍५२‍९‍७.१४‍६‍६०२‍८.‍७३-‍६१.‍६‍९
संस्थापक सेयर२३००‍६.४‍९२‍५०‍७‍६.‍९‍७-‍८.२‍६
म्युचुअल फण्ड३‍७३३.‍५३४२‍७४.‍९‍६-१२.‍६‍७
डिबेञ्चर्स३३‍७‍७२‍६‍५‍८.२‍५२‍७.०४
ट्रेडिङ२‍७‍८‍८.४३‍५‍७‍९१.‍७१-‍५१.‍८‍५
कुल कारोबार१४२०‍९११.‍७२१‍७‍५२१०१.‍५‍५-१‍८.‍९
स्रोत : नेपाल स्टक एक्सचेन्ज