जेनजी आन्दोलन र खाडी तनावमा पनि सोल्टी र कालिञ्चोक नाफामा, अरु सबै होटल नोक्सानीमा



सुनिल कुँवर
२०८३ जेठ १ गते १५:१४ | May 15, 2026
जेनजी आन्दोलन र खाडी तनावमा पनि सोल्टी र कालिञ्चोक नाफामा, अरु सबै होटल नोक्सानीमा


काठमाडौं। जेनजी आन्दोलन र पछिल्लो खाडी तनावले व्यापार घट्दा नेप्सेमा सूचीकृतमध्ये ७० प्रतिशत होटलहरु नोक्सानीमा गएका छन्। आर्थिक वर्ष २०८२/८३ मा व्यवसायमा गिरावट आउँदा नाफामा ठूलो धक्का लागेको छ।

Tata
GBIME

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वित्तीय विवरण सार्वजनिक गरेका ७ मध्ये ५ वटा होटल नोक्सानीमा गएका छन्। सोल्टी र कालिञ्चोक बाहेकका अरु होटल नोक्सानीमा गएको विवरणमा छ। व्यापार घट्दा ओरियन्टल, चन्द्रागिरि, सिटी होटल र बन्दीपुर केबलकार नोक्सानीमा छन्।

सोल्टी होटलले सबैभन्दा धेरे ५५ करोड रुपैयाँ नाफा कमाएको छ। यो रकम अघिल्लो वर्ष सोही अवधिको तुलनामा १२ प्रतिशत धेरै हो। होटलले पोहोर चैतसम्म ४९ करोड रुपैयाँ नाफा कमाएको थियो।

यस्तै, कालिञ्चोक दर्शनले ४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ। होटलले ९ महिनामा १६० प्रतिशतले नाफा बढाएको छ।

नेप्सेमा सूचीकृत होटलको दुई आर्थिक वर्ष चैतसम्मको विवरण लाखमा

कम्पनीखुद नाफा २०८२खुद नाफा २०८१फरक %सञ्चालन आम्दानी २०८२सञ्चालन आम्दानी २०८१फरक %
सोल्टी होटल५५०७४९०९१२२२४९७१९९६११२.७
तारागाउँ रिजेन्सी-१४४८३३७५१७१९१०८२९-८४.१३
ओरियन्टल होटल-२९३४०३७३१६७९१७-७.५९
चन्द्रागिरी हिल्स-९३१०८८४५५८६३५१-२८.२३
कालिञ्चोक दर्शन४९६१९११६०६६५५८९१२.९
सिटी होटल-१३८७-१७३८३५६७३५३८०.८२
बन्दीपुर केबलकार-१६२-१२४११६२२६-४८.६७
स्रोत: कम्पनीको वित्तीय विवरण

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण आगजनी र तोडफोड हुँदा सञ्चालन बन्द भएको तारागाउँ रिजेन्सी सबैभन्दा धेरै १४ करोड ४८ लाख रुपैयाँ नोक्सानीमा गएको छ। अघिल्लो वर्ष सोही अवधिमा तारागाउँ ३३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो।

नेप्सेमा सूचीकृत होटलको दुई आर्थिक वर्ष चैतसम्मको विवरण लाखमा

कम्पनीवित्तीय लागत २०८२वित्तीय लागत २०८१फरक %प्रति सेयर आम्दानी २०८२ (रुपैयाँ)प्रति सेयर आम्दानी २०८१ (रुपैयाँ) फरक %नेटवर्थ २०८२ (रुपैयाँ)नेटवर्थ २०८१ (रुपैयाँ)फरक %
सोल्टी होटल७०१४४००४.६९४.८-२.२९२६.७३२५.४५.२४
तारागाउँ रिजेन्सी-७.३८१७.२१४७.३१५२.५९-३.४७
ओरियन्टल होटल१०२७६९०४९-२.४८२.४७३२८.१७३२४.४८१.१४
चन्द्रागिरी हिल्स९८५१२३०-२०-०.५८७.०९१००.२१०२.४९-२.२३
कालिञ्चोक दर्शन४०७३-४५१०.५२४.१४१५४.१११०७.९४१०३.८३.९९
सिटी होटल१४३०२०५७-३०-४.६-१०.३८९७.२८७९.३८२२.५५
बन्दीपुर केबलकार८०११९-३३-०.५७९१.९
स्रोत: कम्पनीको वित्तीय विवरण

आर्थिक वर्षको पहिलो त्रैमासमै आन्दोलनबाट भएको क्षति र होटलको अकुपेन्सी घट्दा व्यवसायमा धक्का लागेको छ। जसको असर होटलहरुको वित्तीय विवरणमा देखिएको हो।