लगातार करेक्सनमा नेप्से, कारोबार रकम घट्दै २ अर्ब ८० करोड ७४ लाखमा खुम्चियो

बिजमाण्डू
२०८३ बैशाख ३० गते १५:३२ | May 13, 2026
लगातार करेक्सनमा नेप्से, कारोबार रकम घट्दै २ अर्ब ८० करोड ७४ लाखमा खुम्चियो


काठमाडौं। लगातार तीन कारोबार दिनको उतारचढावपछि सेयर बजार फेरि दबाबमा देखिएको छ। बुधबार बजारमा गिरावट जारी रहँदा नेप्से थप ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा कायम भएको छ।

Vigo
GBIME
Tata

गत सोमबार ३८.१९ अंकले बढेर २७८३.८५ विन्दु पुगेको नेप्से मंगलबार ३९.४४ अंकले घट्दै २७४४.४० विन्दुमा झरेको थियो।

बुधबार कारोबारमा आएका उत्पादन तथा प्रशोधन र व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्। बजारमा सेयरमूल्य घटेका १७६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ११.१७ प्रतिशतले घटेको छ।

बजारमा ८२ कम्पनीको सेयर मूल्य बढ‍ेको छ भने १२ कम्पनीको स्थिर रह्यो। एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशतले बढेको छ।

बुधबार सूचकसँगै कारोबार रकम घटेको छ। २ अर्ब ८० करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एसवाइ प्यालको सबैभन्दा धेरे २७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै,रिडी पावर कम्पनीको ९ करोड ८५ लाख, साहस ऊर्जाको ९ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

पुँजीबजार सूचकका अनुसार अब लगानीकर्ताको ध्यान आगामी बजेट र ब्याजदरको दिशातर्फ केन्द्रित हुने देखिन्छ। सरकारले पुँजी बजारलाई प्रत्यक्ष समर्थन गर्ने नीति ल्याउन सके बजारले पुनः गति लिन सक्छ। अन्यथा हालको करेक्सन केही समय लम्बिन सक्ने संकेत देखिएको छ।