सेयर बजार ३८.१९ अंक बढेर २७८३.८५ विन्दुमा, ४ अर्ब ६१ करोडको किनबेच

बिजमाण्डू
२०८३ बैशाख २८ गते १५:२२ | May 11, 2026
सेयर बजार ३८.१९ अंक बढेर २७८३.८५ विन्दुमा, ४ अर्ब ६१ करोडको किनबेच


काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक सोमबार ३८.१९ अंक बढेर २७८३.८५ विन्दुमा पुगेको हो।

Vigo
GBIME
Tata

कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका छन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.११ प्रतिशत बढेको छ। बजारमा २४७ कम्पनीको सेयर मूल्य बढेको छ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १४.१९ प्रतिशतले बढेको छ। सूचकसँगै कारोबार रकम पनि बढेको छ।

बजारमा शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएकामा सोमबार ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै २१ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, नेसनल हाइड्रोपावरको १७ करोड ६० लाख र एसवाइ प्यानल नेपालको १६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

दोहोरो अंक बढेको बजारमा १८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। त्रिशुली जलविद्युतको सबैभन्दा धेरै २.८७ प्रतिशतले घटेको छ।