सेबोन अध्यक्षको नाम सिफारिस समितिबाट गुणाकर भट्टले किन दिए राजीनामा?



बिजमाण्डू
२०८३ बैशाख २४ गते १८:३३ | May 7, 2026
सेबोन अध्यक्षको नाम सिफारिस समितिबाट गुणाकर भट्टले किन दिए राजीनामा?


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबाेन) अध्यक्ष सिफारिस समितिका अध्यक्ष डा. गुणाकर भट्टले राजीनामा दिएका छन्।

Tata
GBIME

भट्टले आफ्ना नातेदारले सेबाेन अध्यक्षका लागि आवेदन दिएपछि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने भन्दै समितिको अध्यक्षबाट राजीनामा दिएका हुन्।

स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही वर्षअघि अवकाश पाएका डा. गोपाल भट्टले पनि आवेदन बुझाएका छन्। डा. गोपाल नातामा गुणाकरका दाइ पर्छन्।

सरकारले सबोन अध्यक्षको नाम सिफारिस गर्न वैशाख ८ गते गुणाकरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। समितिले वैशाख १५ गते ६ दिनको समय दिएर विज्ञापन आह्वान गरेकामा चार दर्जनले आवेदन दिएका थिए।

सेबोनमा अध्यक्षको पद वैशाख ५ गतेदेखि रिक्त छ।