सेयर बजार सूचकमा सामान्य सुधार, कारोबार रकम भने अघिल्लो दिनभन्दा घट्यो

बिजमाण्डू
२०८३ बैशाख २४ गते १५:३५ | May 7, 2026
सेयर बजार सूचकमा सामान्य सुधार, कारोबार रकम भने अघिल्लो दिनभन्दा घट्यो


काठमाडौं। सेयर बजार परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकम घटेको छ। बिहीबार नेप्से ६.९४ अंकले बढ्दै २७१८.१६ को विन्दुमा रह्यो।

Vigo
GBIME
Tata

फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमाबाहेकका ८ उपसमूह बढ्दा सूचकमा सुधार देखिएको हो। बढेकामध्ये व्यापार उपसमूहमा १.५७ प्रतिशतको बढोत्तरी छ।

१५५ कम्पनीको सेयरमूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

घटेका कम्पनीमा फर्वार्ड माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ता बढी निक्सानमा परेका छन्। उक्त संस्थाको सेयरमूल्यमा १३.२४ प्रतिशतको गिरावट छ। यस्तै अपर लोहोरेखोला हाइड्रोपावरको सेयरमूल्य ८.१२ प्रतिशतले घटेको छ।

बढेका कम्पनीमा स्वावलम्बन लघुवित्तको सेयरमूल्य १२.१९ प्रतिशतले बढेको छ। बजारमा २ अर्ब ९३ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनका तुलनामा घटेको हो। बुधबार परिसूचक १.६४ प्रतिशतले घटेर २७११.२२ को विन्दुमा रहँदा ३ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको थियो।

बिहीबार कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर पहिलो रह्यो। उक्त कम्पनीको १७ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ, यस्तै नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख र रिलायन्स स्पिनिङ मिल्सको १४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।

बिहीबारको कारोबारले बजारमा लगानीकर्ताको मनोबल केही सुधारिएको संकेत गरे पनि उत्साह पूर्ण रूपमा फर्किन नसकेको देखाउँछ। परिसूचक सामान्य बढे पनि कारोबार रकम घट्नुले धेरै लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको बुझिन्छ। व्यापार उपसमूहमा उल्लेख्य वृद्धि हुनु तथा अधिकांश उपसमूह हरियालीमा देखिनु सकारात्मक पक्ष हो।

तर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै ५० करोड रुपैयाँले घटेकाले बजारमा ठूलो संस्थागत वा नयाँ लगानी प्रवेश अझै कमजोर रहेको संकेत मिल्छ। माइक्रोफाइनान्स र जलविद्युत् कम्पनीमा तीव्र उतारचढाव देखिनु साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढी रहेको अवस्था हो।