एट्लेटिको मड्रिडलाई हराउँदै आर्सनल पुग्यो च्याम्पियन्स लिगको फाइनलमा



बिजमाण्डू
२०८३ बैशाख २३ गते ०५:३० | May 6, 2026
एट्लेटिको मड्रिडलाई हराउँदै आर्सनल पुग्यो च्याम्पियन्स लिगको फाइनलमा
Photo: UEFA


आर्सनल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। यूएईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल खेलमा १-० गोलको जित निकालेको आर्सनल समग्रमा २-१ गोलको जित निकाल्दै फाइनल पुगेको हो। यो उसको २० वर्ष पछिको च्याम्पियन्स लिग फाइनल हो। यसअघि सन् २००६ मा उसले च्याम्पियन्स लिगको फाइनल खेलेको थियो।

Tata
GBIME
Nepal Life

आर्सनललाई घरेलु मैदान इमिरेट्स स्टेडियममा जित दिलाउन बुकायो साकाले ४४ औँ मिनेटमा निर्णायक गोल गरे। यसअघि स्पेनको मड्रिडमा सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा यी दुई टोली १-१ गोलको बराबरीमा रोकिएका थिए। गएरातिको जितसँगै आर्सनलले समग्रमा २-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो।

अर्को सेमिफाइनलमा जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दैछ। सेमिफाइनलको पहिलो लेगमा पीएसजी ५-४ गोलले अगाडि छ। यो खेल बार्यनको घरेलु मैदान एलिनाज एरेनामा हुनेछ।