सेयर बजार चार कारोबार दिनपछि उकालो, ८.७८ अंकले बढ्यो नेप्से, कारोबार ३.४३ अर्बमा सीमित

बिजमाण्डू
२०८३ बैशाख २२ गते १५:२८ | May 5, 2026
सेयर बजार चार कारोबार दिनपछि उकालो, ८.७८ अंकले बढ्यो नेप्से, कारोबार ३.४३ अर्बमा सीमित


काठमाडौं। चार कारोबार दिनमा ९२ अंकको गिरावटपछि नेप्से सूचक बढेको छ। नेप्से परिसूचक मंगलबार ८.७८ अंकले उकालो लागेर २७१२.८६ विन्दुमा पुगेको हो।

Vigo
GBIME
Tata

बजारमा १६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ। अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.१६ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै गुमाउनेमा फर्वार्ड माइक्रोफाइनान्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ९.३१ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकम ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। सोमबार ४ अर्ब २६ करोडको सेयर किनबेच भएको थियो।