सहकारी ऐनमा गरियो संशोधन, राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरे सहकारी (पहिलो संशोधन) अध्यादेश



बिजमाण्डू
२०८३ बैशाख १७ गते १६:४६ | Apr 30, 2026
सहकारी ऐनमा गरियो संशोधन, राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरे सहकारी (पहिलो संशोधन) अध्यादेश


काठमाडौं। राष्ट्रिति रामचन्द्र पौडेल सहकारी (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश जारी गरेका हुन्।

Tata
GBIME
Nepal Life

वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहकारी (पहिलो संशोधन), संवैधानिक परिषद्, केही नेपाल ऐनलाई संशोधन गर्ने लगायत अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार वैशाख १५ गते दुई वटा र १६ गते थप अध्यादेश जारी गर्न पत्र पठाएको थियो।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा भने राष्ट्रपति पौडेलले कानुनविदसँग परामर्श गर्न लागेका छन्।