तरलता व्यवस्थापनार्थ राष्ट्र बैंकले ९७ दिनका लागि १ खर्ब २० अर्ब उठाउँदै, माग्यो प्रस्ताव



बिजमाण्डू
२०८३ बैशाख १७ गते १०:४८ | Apr 30, 2026
तरलता व्यवस्थापनार्थ राष्ट्र बैंकले ९७ दिनका लागि १ खर्ब २० अर्ब उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं। बुधबार ४० अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि बजारबाट उठाएको राष्ट्र बैंकले आज पुनः १ खर्ब २० अर्ब रुपैयाँ उठाउन लागेको छ।

Tata
GBIME
Nepal Life

केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ९७ दिनका लागि उठाउन लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बिहीबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज साउन २० गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब साढे ३ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।