एमएडब्लूको क्रेडिट रेटिङ अपग्रेड, वित्तीय अवस्था सुधारसँगै ‘एलबीबीबी-/ए३’मा उक्लियो



बिजमाण्डू
२०८३ बैशाख १० गते १७:४६ | Apr 23, 2026
एमएडब्लूको क्रेडिट रेटिङ अपग्रेड, वित्तीय अवस्था सुधारसँगै ‘एलबीबीबी-/ए३’मा उक्लियो


काठमाडौं । आइसीआरए नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएचपीएल) को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखेर क्रेडिट रेटिङ अपग्रेड गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबीबी+ बाट बढाएर एलबीबीबी- गरिएको छ। त्यस्तै, अल्पकालीन रेटिङ ए४+ बाट सुधार भएर ए३ पुगेको जनाइएको छ। 

यस रेटिङ अपग्रेडले एमएचपीएलको समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउने कम्पनीले जनाएको छ।

कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

एमएचपीएलले नाफा आर्जनको स्तर पनि सन्तुलित रुपमा कायम राखेको जनाएको छ। कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन स्थिर रहेको छ भने संचालन खर्च नियन्त्रणमा राख्दा निरन्तर संचालन नाफा कायम राख्न सहयोग पुगेको जनाइएको छ।

साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको छ। यसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी बहन गर्ने क्षमता सुदृढ बनाएको जनाइएको छ।

यसको कर्जा पोर्टफोलियो पनि विविध र स-साना खण्डमा विभाजित रहेको छ। जसमा मध्यम लोन-टु-भ्याल्यु अनुपातमा ध्यान दिइएकोले जोखिम न्यूनीकरणमा मद्दत पुगेको कम्पनीले जनाएको छ।

पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू ग्रुपको हिस्सा हुनु पनि एमएचपीएलको लागि थप बलियो पक्ष रहेको विज्ञप्तिमा उल्लेख छ।

यो समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डहरूसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको कम्पनीको भनाइ छ।