एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट



बिजमाण्डू
२०८३ बैशाख ९ गते १७:३६ | Apr 22, 2026
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME
Nepal Life

समझदारी पत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरेका छन्।

यस समझदारी पश्चात बैंकका ग्राहकहरुले नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरु (आउटसोर्स सेवाहरु, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्नु सक्नेछन्।

साथै, ग्राहकहरुले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्नेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।