काठमाडौं। सुनचाँदीको मूल्य पुनः बढेको छ। शुक्रबारको तुलनामा सुन तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो।
आइतबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुन तोला ३ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा आइपुगेको थियो।
चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढ्दा प्रति तोला ५ हजार २ सय २५ रुपैयाँ कायम भएको छ।
शुक्रबार चाँदी प्रति तोला ५ हजार १ सय ३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४८३१.२३ डलर र चाँदी प्रति औंस ८०.८३ डलर पुगेको छ।










