BIZMANDU
www.bizmandu.com

पुनः बढ्यो सुनचाँदीको मूल्य, सुन प्रति तोला १२०० बढ्दा चाँदी ९५ रुपैयाँ महँगियो

२०८३ बैशाख ६

पुनः बढ्यो सुनचाँदीको मूल्य, सुन प्रति तोला १२०० बढ्दा चाँदी ९५ रुपैयाँ महँगियो
पुनः बढ्यो सुनचाँदीको मूल्य, सुन प्रति तोला १२०० बढ्दा चाँदी ९५ रुपैयाँ महँगियो

काठमाडौं। सुनचाँदीको मूल्य पुनः बढेको छ। शुक्रबारको तुलनामा सुन तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो।

Tata
GBIME

आइतबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुन तोला ३ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा आइपुगेको थियो

चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढ्दा प्रति तोला ५ हजार २ सय २५ रुपैयाँ कायम भएको छ।

शुक्रबार चाँदी प्रति तोला ५ हजार १ सय ३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४८३१.२३ डलर र चाँदी प्रति औंस ८०.८३ डलर पुगेको छ।