रोयल इनफिल्डको नयाँ गोवन क्लासिक ३५० बाइक नेपाली बजारमा, मूल्य ६ लाख २ हजारसम्म



बिजमाण्डू
२०८३ बैशाख ३ गते १६:३२ | Apr 16, 2026
रोयल इनफिल्डको नयाँ गोवन क्लासिक ३५० बाइक नेपाली बजारमा, मूल्य ६ लाख २ हजारसम्म

काठमाडौं। रोयल इनफिल्डको सन् २०२६ मा उत्पादित गोवन क्लासिक ३५० बाइक नेपाली बजारमा भित्रिएको छ।

Tata
GBIME
Nepal Life

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले गोवन क्लासिक ३५० बाइक सार्वजनिक गरेको छ। कम्पनीले बाइकको मूल्य कलर अनुसार ५ लाख ५९ हजार र ६ लाख २ हजार रुपैयाँ राखेको छ।

बोबर इन्स्पायर्ड डिजाइनमाको मोटरसाइकलमा राइडर–केन्द्रित नयाँ सुविधा रहेको कम्पनीले जनाएको छ। नयाँ मोडलमा ३४९ सीसी जडान गरिएको छ, जसले २७ एनएम टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार यो इन्जिनलाई लेड ब्याक बोबर स्टाइल अनुरुप स्मुथ र आरामदायी राइडिङ अनुभव दिन विशेषरूपमा ट्युन गरिएको छ। यसको ५-स्पिड गियरबक्सले सहरको भीडभाडदेखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ।

मोटरसाइकलमा नयाँ असिस्ट एण्ड स्लिपर क्लच, अपग्रेड गरिएको यूएसबी टाइप सी चार्जिङ पोर्ट तथा डाउन सिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ। यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ।

अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले नेपाली राइडरहरूले गोवन क्लासिक ३५० बाइक रुचाउने व्यक्त गरे।