डेपुटी गभर्नर पण्डितसँग बैंकर्सको भेट, तरलता उपयोगदेखि निजी क्षेत्रको मनोबल बढाउनेसम्मका कुरा



बिजमाण्डू
२०८२ चैत्र २७ गते १८:५९ | Apr 10, 2026
डेपुटी गभर्नर पण्डितसँग बैंकर्सको भेट, तरलता उपयोगदेखि निजी क्षेत्रको मनोबल बढाउनेसम्मका कुरा


काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितसँग बैंकर्स संघका प्रतिनिधिले भेट गरेका छन्। उनीहरुले शुक्रबार अपराह्न राष्ट्र बैंक पुगेर पण्डितलाई बधाई दिंदै गर्दै बैंकिङ क्षेत्रका चुनौती र सम्भावनाबारे छलफल गरेका छन्।

Tata
GBIME

भेटमा बैंकर्सहरुले वित्तीय प्रणालीप्रति विश्वास (कन्फिडेन्स) बढाउन नीतिगत पहल आवश्यक रहेको बताए। विशेषगरी ठूला पूर्वाधार आयोजनाका लागि सरकारी बण्ड जारी गर्न सके तरलता उत्पादक क्षेत्रमा परिचालन गर्न सकिने उनीहरुको भनाइ थियो।

बैंकर्स संघका प्रतिनिधिहरुले आर्थिक गतिविधि सुस्त रहेकाले निजी क्षेत्रलाई उत्साहित बनाउन थप प्रोत्साहनमूलक नीति अवलम्बन गर्न सुझाव दिए।

जवाफमा डेपुटी गभर्नर पण्डितले नयाँ सोच र नवीन रणनीतिसहित अघि बढ्न बैंकरहरुलाई आग्रह गरे। उनले नियामकका रुपमा राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बैंकिङ प्रणालीप्रति विश्वास कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय डेपुटी गभर्नरसँग भेटले आफुहरु उत्साहित भएको बताए।

‘हामीले अधिक तरलता उपयोग गर्ने लगायत विषयमा केही कुरा राख्यौं। उहाँले त्यसलाई गहन रुपमा लिनुभएको छ,’ उनले भने, ‘हाम्रो चासोमा सकारात्मक देखिकाले हामी उत्साहित छौं।’