अदालतको आदेशपछि महासंघमा पदाधिकारी बैठक, अञ्जन भन्छन्- साधारण सभा रोकिंदैन



बिजमाण्डू
२०८२ चैत्र २७ गते १७:१० | Apr 10, 2026
अदालतको आदेशपछि महासंघमा पदाधिकारी बैठक, अञ्जन भन्छन्- साधारण सभा रोकिंदैन


काठमाडौं। उच्च अदालत पाटनले १८ वटा वस्तुगत संघको सदस्यता टुंग्याएर मात्रै साधारण सभा गर्न आदेश दिएपछि नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक बसिरहेको छ।

Vigo
GBIME
Tata

टेकुस्थित कार्यालयमा बसिरहेको बैठकमा अदालतको आदेशसँगै साधारण सभाको मिति घोषणाको विषयमा छलफल केन्द्रित रहेको छ। उच्चको आदेशसँगै आइतबारदेखि हुने भनिएको साधारण सभा रोकिएको निर्वाचन समितिले जानकारी दिएको थियो।

निर्वाचन समितिको घोषणाप्रति वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ बेखुशी छन्। उनले अदालतको आदेशले साधारण सभा रोक्नुपर्ने कुनै कारण नभएको भन्दै आइतबारको साधारण सभा रोक्न नपर्ने दाबी गरे।

‘अदालतको आदेशले साधारण सभा रोक्न भनेको छैन। हामीले तोकिएकै समयमा साधारण सभा गर्नुपर्छ,’ नेपाल चेम्बर अफ कमर्शको साधारण सभामा उनले बिजमाण्डूसँग भने, ‘१८ वटा नयाँ वस्तुगत संघको निर्णय गरेर अगाडि बढ्न सकिन्छ।’ छलफलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तोकिएकै समयमा साधारण सभा गर्न सकिने भन्दै रोक्न नहुने अडान राखेका छन्।