सुजुकीको पहिलो इलेक्ट्रिक गाडी ईभिटाराको मूल्य ५० लाख, नेपालमा खुलाइयो बुकिङ



बिजमाण्डू
२०८२ चैत्र ११ गते ११:३२ | Mar 25, 2026
सुजुकीको पहिलो इलेक्ट्रिक गाडी ईभिटाराको मूल्य ५० लाख, नेपालमा खुलाइयो बुकिङ

काठमाडौं। सुजुकीको पहिलो इलेक्ट्रिक गाडी ईभिटारा ५० लाख रुपैयाँमा पाइने भएको छ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स अन्तर्गतको सिजी मोटोकर्पले ईभिटारा गाडीको बुकिङ खुलाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ राखेर बुकिङ खुलाएको हो। कम्पनीका अनुसार यो गाडी नेपाली बजारमा छिट्टै ल्याउने तयारी रहेकाले बुकिङ खुलाइएको हो।

गाडीको लम्बाई ४.२ मिटर र ह्वीलबेस २७०० एमएम छ। ग्राउन्ड क्लियरेन्स १८० एमएम छ। ईभिटारामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री छन्। यसले फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

गाडीको इन्टेरियर प्रिमियम बनाइएको छ। १०.१ इन्चको इन्फोटेनमेन्ट एलईडी डीआरएल्स, १९ इन्च एलोय ह्वील, भेन्टिलेटेड सिट, फग ल्याम्प, एलईडी हेडलाइट र सनरुफ फिचर उपलब्ध छन्। 

सेफ्टी फिचरतर्फ गाडीमा एडास लेभल २ प्रयोग गरिएको छ। यस्तै ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर, ६ वटा एयरब्याग, एबीएस अटो होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक राखिएका छन्।

इन्टेरियरमा मोडर्न डिजाइनमा डुअल टोन क्याबिन, डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छन्। टु स्पोक स्टेरिङ ह्वील यो मारुती कारमा पहिलोपटक प्रयोग गरिएको हो।

वायरलेस चार्जर, एसी भेन्ट्स वायरलेस, एप्पलप्ले एन्ड्रोइड अटो जस्ता कनेक्टिभिटी भएको इन्फोटेनमेन्ट छ।

कम्पनीले यो गाडी टोयोटासँग मिलेर उत्पादन गरेको हो। दुवै कम्पनीले ब्याट्री इलेक्ट्रिक भेहिकलका लागि इभी प्लेटफर्म तयार पारेका छन्।