सुनको भाउ ६ दिनपछि तोलामा १४ हजार ६ सय रुपैयाँले बढ्यो, चाँदी पनि उकालो



बिजमाण्डू
२०८२ चैत्र ११ गते ११:१४ | Mar 25, 2026
सुनको भाउ ६ दिनपछि तोलामा १४ हजार ६ सय रुपैयाँले बढ्यो, चाँदी पनि उकालो


काठमाडौं। घटिरहेको सुनचाँदीको मूल्य ६ दिनपछि पुन :बढेको छ। अघिल्लो दिनको भन्दा बुधबार सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी ४ सय १५ रुपैयाँ महँगो भएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिनका तुलनामा १ हजार ६ सय रुपैयाँले घट्दा मंगलबार तोलाको २ लाख ७५ हजा ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य दुई दिनदेखि बढ्न थालेको छ। बुधबार पनि सुन तोलाको ४ सय १५ रुपैयाँ बढेर प्रति तोला ४ हजार ९ सय २० रुपैयाँ पुगेको छ।

अघिल्लो दिनका तुलनामा ८० रुपैयाँ बढेर मंगलबार तोलाको ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ बढ्दै प्रति औंस ४५६७.४७ डलर र चाँदी प्रति औंस ७३.३१ डलर पुगेको छ। मंगलबार सुन प्रति औंस ४३४७.९४ डलर र चाँदी ६७.०८ डलर थियो।