काठमाडौं। घटिरहेको सुनचाँदीको मूल्य ६ दिनपछि पुन :बढेको छ। अघिल्लो दिनको भन्दा बुधबार सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी ४ सय १५ रुपैयाँ महँगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिनका तुलनामा १ हजार ६ सय रुपैयाँले घट्दा मंगलबार तोलाको २ लाख ७५ हजा ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य दुई दिनदेखि बढ्न थालेको छ। बुधबार पनि सुन तोलाको ४ सय १५ रुपैयाँ बढेर प्रति तोला ४ हजार ९ सय २० रुपैयाँ पुगेको छ।
अघिल्लो दिनका तुलनामा ८० रुपैयाँ बढेर मंगलबार तोलाको ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ बढ्दै प्रति औंस ४५६७.४७ डलर र चाँदी प्रति औंस ७३.३१ डलर पुगेको छ। मंगलबार सुन प्रति औंस ४३४७.९४ डलर र चाँदी ६७.०८ डलर थियो।