उद्योगी शेखर गोल्छाले सीतापाइला र वायु सेवा सञ्चालक पाण्डेले गरे बालुवाटारबाट मतदान



बिजमाण्डू
२०८२ फागुन २१ गते १२:४४ | Mar 5, 2026
उद्योगी शेखर गोल्छाले सीतापाइला र वायु सेवा सञ्चालक पाण्डेले गरे बालुवाटारबाट मतदान


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा र नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले मतदान गरेका छन्।

Tata
GBIME

गोल्छाले नागार्जुन नगरपालिकामा रहेको सीतापाइला मावि मतदान केन्द्र पुगेर मतदान गरेका हुन्। उनले मुलुकको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि मतदानमा सहभागिता जनाएको बताए।

जेनजी आन्दोलनका बेला क्षति बेहोरेको निजी क्षेत्रमा गोल्छा पनि परेका छन्। तर, उनले फेरि अघि बढ्नुपर्छ भन्दै योजनाहरु अघि सारे। भदौ २४ को जेनजी विद्रोहका बेला सार्वजनिक-निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। तर, निजी क्षेत्रले मुलुक यथास्थितिबाट अघि बढ्नुपर्ने भनाइ राख्दै योजनाहरु अघि बढाएका हुन्।

निजी क्षेत्र निर्वाचनप्रति सकारात्मक हुँदा सरकारलाई सहज भएको छ। बिहीबार गोल्छासँगै अन्य उद्योगी व्यवसायीहरु पनि आआफ्नो मतदान केन्द्रमा पुगेर मतदानमा सहभागी भइरहेका छन्।

नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष एवम् कैलाश हेलिकप्टर कम्पनी सञ्चालक पाण्डेले काठमाडौं-४ महेन्द्र राष्ट्रिय मावि केन्द्रबाट मतदान गरेका हुन्। उनले मुलुकको समृद्धिका लागि आफ्नो मताधिकार सदुपयोग गरेको बताएका छन्।