चुनावअघिको सेयर बजारमा ३८.५२ अंकको फराकिलो बढोत्तरी, ६ अर्ब २३ करोडको कारोबार



बिजमाण्डू
२०८२ फागुन १९ गते १५:२५ | Mar 3, 2026
चुनावअघिको सेयर बजारमा ३८.५२ अंकको फराकिलो बढोत्तरी, ६ अर्ब २३ करोडको कारोबार

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अघिको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से मंगलबार ३८.५२ अंक बढेर एक महिना अघिको विन्दुमा पुगेको हो। बजार सूचक मंगलबार २७१२.४९ विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

यसअघि माघ ६ गते २७१४ अंकमा थियो। १३ मध्ये व्यापार बाहेकका सबै उपसमूह बढ्दा बजार सूचक माथि उक्लिएको हो। जलविद्युतको सूचक सर्वाधिक २.३१ प्रतिशतले बढेको छ।

२५४ कम्पनीको सेयर मूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे। दोस्रो बजार कारोबारमा आएयता लगातार सेयरमूल्य बढ्दै लगातार पोजेटिभ सर्किट लाग्दै आएको सालपा विकास बैंक मंगलबार पनि अघि रह्यो। सालपा ९.९९, पञ्चकन्या माई हाइड्रोपावर ९.८९ र रिलायन्स स्पिनिङ मिल्स ९.८२ प्रतिशतले बढेका छन्।

बजारमा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ३४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, राधी विद्युतको २७ करोड ७४ लाख र एसवाई प्यानलको २४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा ६ कम्पनीको मूल्य घटेको छ भने दुई स्थिर रह्यो। शुभम् पावरको सबैभन्दा धेरै २.५३ प्रतिशतले सेयर मूल्य घटेको छ।