महाशिवरात्रिको पूर्वसन्ध्यामा सजाइयो पशुपति क्षेत्र, साधुसन्तसहित गरियो शोभायात्रा



सुशील श्रेष्ठ
२०८२ फागुन २ गते १७:४४ | Feb 14, 2026
महाशिवरात्रिको पूर्वसन्ध्यामा सजाइयो पशुपति क्षेत्र, साधुसन्तसहित गरियो शोभायात्रा


काठमाडौं। महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र सजाइएको छ। पशुपति क्षेत्रमा आइतबार पूजाआजाका लागि भक्तजनहरूको भीड लाग्नेछ।

Tata
GBIME

कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्नसक्ने व्यवस्था गरिएको जनाएको छ। कोषका अनुसार सरसफाइ लगायत आवश्यक तयारी पूरा भएको छ।

शनिबार पाशुपत क्षेत्रमा शोभायात्रा समेत आयोजना गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो।

शोभायात्रामा स्वदेशी तथा भारतबाट आएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो। पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो। शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो।