लघुवित्तको खराब कर्जा दोहोरो अंकमा, नाफा ८८ प्रतिशत बढेको रिपोर्ट कति भरपर्दो?



आकाश बोगटी
२०८२ फागुन ४ गते ०९:०० | Feb 16, 2026
लघुवित्तको खराब कर्जा दोहोरो अंकमा, नाफा ८८ प्रतिशत बढेको रिपोर्ट कति भरपर्दो?

काठमाडौं। आर्थिक गतिविधि बढ्न नसकेर ऋण असुलीमा सुधार हुन नसकेका बेला लघुवित्तहरुले खुद नाफा ८७.९० प्रतिशतले बढाएका छन्।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ४७ वटा लघुवित्तले ४ अर्ब ४६ करोड ४ लाख रुपैयाँ नाफा गरेका छन्। पोहोर ६ महिनामा ती लघुवित्तको खुद नाफा २ अर्ब ३७ करोड ३७ लाख रुपैयाँमा सीमित थियो।

३१ वटा लघुवित्तले नाफा बढाएका छन् भने ७ वटाको खुम्चिएको छ। चार वटाको नाफा ऋणात्मक छ। श्रृजनशील, विन नेपाल, गणपति र विजय लघुवित्तको नाफा ऋणात्मक हुन पुगेको हो। पोहोर दोस्रो त्रैमासमा ८ वटा लघुवित्तको नाफा ऋणात्मक थियो। नाफा बढेको रिपोर्टमा भने लघुवित्तकै सीइओहरुले आशंका गरेका छन्।

ऋण असुलीमा सुधार हुन नसके पनि बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) घटेर बरोइङ कष्ट कम भइ लागत सस्तो भएपछि लघुवित्तको नाफामा सुधार देखिएको हो।

लघुवित्त संस्थाहरुका लागि पुँजीको मुख्य स्रोत बैंक हुन्। लघुवित्तले बैंकबाट पैसा लिएर लगानी गर्छन्। पछिल्लो समय बैंकहरुको औसत बेस रेट ५.२४ प्रतिशतमा आइपुगेको छ। बैंकहरुले बेस रेटमा २ प्रतिशत प्रिमियम थपेर लघुवित्तलाई विपन्न कर्जा उपल्बध गराउँछन्।

विजय लघुवित्तका सीइओ वसन्तराज लम्साल बरोइङ कष्ट घट्नु नै नाफामा सुधार हुनुको मुख्य कारण भएको बताउँछन्।

‘गत वर्षको तुलनामा अहिले ऋणीहरुमा कर्जा तिर्नुपर्छ भन्ने देखिएको छ। क्षमता हुनेहरुले तिरिरहेका पनि छन्। तर समग्रमा ऋण असुलीमा खासै सुधार भएको छैन,’ उनले भने, ‘गत वर्ष क्षमता हुनेले पनि नतिर्दा खराब कर्जा बढेर प्रोभिजनिङ उच्च दरले छुट्याउनु परेको थियो। अहिले लघुवित्तहरुको लागत घट्नुका साथै रिस्ट्रक्चरले नाफा बढाउन सहयोग पुगेको हो।’

नाफा बढे पनि लघुवित्तहरुको खराब कर्जा उल्लेख्यरुपमा उकालो लागेको छ। पोहोर पुस मसान्तमा ६.५० प्रतिशत रहेको औसत खराब कर्जा अहिले १०.४२ प्रतिशत पुगेको छ।

नेसनल लघुवित्तका सीइओ रामबहादुर यादवले ब्याज आम्दानीका कारण नाफा बढे पनि खराब कर्जा बढेर गएको बताए।

‘ऋणीले ब्याज भुक्त्तानी गर्न थालेका छन्। ब्याज आम्दानीमा सुधार हुँदा त्यसले नाफा बढाएको हो,’ उनले भने, ‘यसअघि ऋण नतिरेका ऋणीले थुप्रिएको ब्याज बुझाउन थाले पनि साँवा घट्न सकेको छैन। उठेको ब्याजले नाफा बढ्यो। खराब कर्जा भने घट्न सकेन।’

समग्रमा लघुवित्तको ब्याज आम्दानी भने घटेको छ। पोहोर ६ महिनामा लघुवित्तहरुले २० अर्ब ८९ करोड रुपैयाँ ब्याज आम्दानी गरेकामा यो वर्ष ६ महिनामा १५ अर्ब ५३ करोडमा सीमित भएको छ।

लघुवित्त२०८२/८३ पुससम्मको नाफा २०८१/८२ पुससम्मको नाफानाफा फरक (प्रतिशतमा)२०८२/८३ पुससम्मको ब्याज आम्दानी२०८१/८२ पुससम्मको ब्याज आम्दानी
महिला ३५,९६६,२७२७३,२९०,५५०-५०.९२१५८,६७८,७१२१९५,७१४,९०५
मातृभूमि३५,३४९,४१८-८१,४३७,६१५२६०,०९०,२७३१८५,७१४,०५९
नाडेप३७,६८६,४३७१६,६६६,६६८१२६.११९२१३,२६८,१२२१६१,५३५,८३४
सम्पदा८६,०३०,०२३६१,७१७,६००.८८३९.३९३३४५,२४०,२१७३३१,३४९,८५६.९६
श्रृजनशील-२००८४०००.४५१८७४३०००.९७८६८१८०००.७७७९५९३२२०००
सूर्योदय वोमी११७,१४२,१३३३७,५२४,४५५२१२.१७५४३०,३८०,२३४३०३,९६२,६३५
स्वस्तिक८,३५६,१४८४,२२८,३७९९७.६२१३१,२६१,१५७१६,८२४,१३८
विन नेपाल-८,८२९,३९६-१४६,८७५,९१०३६,५३७,८४५१०,०००,९२०
सामुदायिक९,०८८,५५९-१९,९५८,७३०-१४५.५३७८६,८८४,८६८४०,९८८,१२०
ग्रामीण२१९,९०६,८७११३९,३६३,६५७५७.७९४६६४,२८०,६५८५९८,९२०,४९१
गणपति-३,५६९,४६३.८६१२,३५०,११४,१३१०१,९५०,६८९.७७७५,०८३,२०९.७१
निर्धन उत्थान११९,७३८,१४०१३६,०२०,३१८-११.९७९१३,७०६,७४६८१३,०८२,३४१
लक्ष्मी३३,८१५,२२९१७,५९१,३४९९२.२२६२२५,६२९,८४५१९७,२३०,९९३
विजय-१,६७३,४७६.३५७०,४५५,९०४.४५२१९,२९१,४४४.१९२७४,२९१,५२७.५२
नेसनल३६६,६९७,०००२१५,२९१,०००७०.३२६९०२,२४१,०००६६३,८२६,०००
फरवार्ड१९१,२३५,४२२८,८५२,५१५२०६०.२३८७१९,३३८,१९७४६६,०९२,१०८
जनउत्थान१०,०३२,५८६-२१,५८०,०३९-१४६.४९६४,७८६,२३६३४,४००,१३३
धौलागिरी१२२३१४८१.९६२०८११२९४८७.७३८,२४,४२,४९२.२१६,४१,३२,५६०.००
महुली७०,०२०,८६२.२७८,९५९,८०३.२५६८१.५२२७,३०३,११६.००१६४,८५४,१२५.७४
उपकार२२७,३०३,११६.००१६४,८५४,१२५.७४३७.८८१९०,२४७,७१०६९,४७४,०००
युनिक नेपाल४६,२९१,०९१२७,४१०,७१३६८.८८१३१,५३९,७३५११२,९२६,४१५
नेष्डो समृद्ध९३,२१६,०६०.००-१३५,१८७,४४०.०११४७,१८४,८५०.००१३५,७४१,७४०.००
मानुषी८,८६८,३९७९८६,९१९७९८.५९४५२,३१६,९२०५०,८००,५३८
अभियान७७,३६०,०५८३,७८६,९२०१९४२.८२३१५६,८७१,८६३६३,१५८,०१३
एनएमबि३४,८९१,७४४११,८१५,४८५१९५.३०५२८३,१४३,९६९१७५,२७२,३८४
इन्फिनिटी५९,८६६,११३-९४,६२२,३८०२१२,०६१,८५८१२९,०४७,०११
नेरुडे मिर्मिरे७८,१५०,५१९-६२,७०८,६०२६८१,०७५,०४८६३३,८४८,३६३
स्वाभिमान२९,२४२,७९६२०,३३१,९६४४३.८२७११५,३०६,४८४७१,३८५,८८०
उन्नति सहकार्य२१,०३८,५६९.९८६,३८३,२२१.७१२२९.५९२११९,२३४,५९०.७६१४३,०९१,४०८.४७
सीवाईसी३७,२८९,०००.६९४३,१६२,०००.०७-१३.६०७२०२,८६३,०००.०६१७४.०७७,०००.४८
ग्लोबल आइएमई१०५,९०५,६०७११८,३३९,९३१-१०.५०७४८७,६९१,११३३५०,७४८,१०९
छिमेक५७६,०९६,५०१.९३५११,८३८,९८६.५७१२.५५४१,४५९,९५१,०३९.४०१,३५८,७२५,२९२.५५
कालिका५८,४९९,४३५४२,१५५,१८६३८.७७२२१७,६७०,७७४१७०,८१०,७६५
डिप्रोक्स४४२,९१०,६४२२४५,६५२,१४३८०.३१,०६१,०२५,५६९९९४,६४७,०३७
समता घरेलु५६,५३६,०००.४५-१५,६८३,०००.७७२२३,९९४,०००.२३११३,८७८,०००.०२
स्वावलम्बन१७२,६२९,२४७८०,७२०,४८०११३.८६१९५०,७७५,५१२८००,१०३,७८३
आशा१२५,५७४,०९०२३,६२४,३२८४३१.५४६३८७,४५८,८९०३४०,११२,७११
आरम्भ चौतारी५९,७८४,०२८३२,६५४,७१८८३.०७९२१९,२०१,४५३१६१,७४४,७३०
हिमालयन४४,७४२,७३३२६,०६३,९११७१.६६५१९७,७०२,०५३१५३,३०१,८८१
मेरो माइक्रोफाइनान्स९८,५१२,१६७७९,५५३,८७८२३.८३१५४४,५४३,७७७५०६,३६३,००१
साना किसान३८०,९५५,८८३.११५१७,७५५,४०७.६९-२६.४२२६५४,३३५,०११.५५९६८,१५१,३३४.०६
स्वरोजगार१२७,४९५,५५७.०६८८,००१,०२८.९८४४.८८३४८,९२४,७८८.९८२७५,१७६,५५०.४३
आत्मनिर्भर३०५१४०००.६२८४३१०००.०१२६१.९२६७१८४६०००.९७६५६७४०००.९३
एनआइसी एसिया१८,८१४,५६०४,२१४,०३४३४६.४७४५५१,०४७,३६०३३४,७१०,६०४
सपोर्ट३१,७५५,७९३१५,५०३,५६११०४.८२९८९,४४९,००२५१,६४५,९६०
गुराँस२६,६२०,४५०.४०१५,४६३,०९६.९८७२.१५५८७,६५९,३५३.२९५६,४८७,२३६.९५
फस्ट७०,४१६,२९६५२,३००,८२६३४.६३७९७,४५४,९६६१११,४३२,९०७
जम्मा४,४६०,४२०,७०२२,३७३,७३६,४७७८७.९०१५,५३०,२६४,०५२२०,८९१,६५३,०५२
स्रोत : लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण

४३ वटा लघुवित्तको खराब कर्जा बढेको छ। पुस मसान्तसम्म २० वटा लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा माथि छ। त्यसैगरी, दुई लघुवित्तको खराब कर्जा २० प्रतिशतभन्दा माथि पुगेको छ। नेरुडे मिर्मिरे लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै २५.७५ प्रतिशत छ।

११ वटा लघुवित्तको खराब कर्जा ५ प्रतिशतभन्दा कम छ। पुससम्म छिमेक लघुवित्तको खराब कर्जा सबैभन्दा कम २.४५ प्रतिशत छ। ४ वटा लघुवित्तले खराब कर्जा घटाएका छन्।

केही लघुवित्तले वास्तविक अवस्था देखाए पनि अधिकांशले काल्पनिक विवरण देखाएको एक लघुवित्तका सीइओले बताए।

‘अधिकांश संस्थाहरुको अवस्था थप बिग्रिएको छ। अवस्था बिग्रिए पनि रिपोर्ट ठिकठाकै देखाएका छन,’ उनले भने, ‘अनअडिटेड रिपोर्ट भएकाले अधिकांशले वास्तविक अवस्था देखाएका छैनन्। राष्ट्र बैंकले हेरेपछि प्रोभिजनिङ थप्न लगाउने अवस्था आउनेछ।’

कुन लघुवित्तको खराब कर्जा कति ?

लघुवित्त२०८२/८३ पुससम्मको खराब कर्जा२०८१/८२ पुससम्मको खराब कर्जा
महिला ४.७७%१.८६%
मातृभूमि१०.४०%९.६३%
नाडेप१७.५४%८.००%
सम्पदा७.१५%४.५६%
श्रृजनशील१४.७९%६.९७%
सूर्योदय वोमी१२.८६%५.४४%
स्वस्तिक९.९५%८.५०%
विन नेपाल८.४०%६.२३%
सामुदायिक७.२५%४.८९%
ग्रामीण४.७६%४.१५%
गणपति१४.३७%४.१३%
निर्धन उत्थान१४.१२%९.४०%
लक्ष्मी१३.०४%८.४७%
विजय१९.३७%८.३५%
नेसनल४.८१%३.०४%
फरवार्ड८.९२%५.३५%
जनउत्थान९.१५%५.८४%
धौलागिरी९.८३%५.५०%
महुली८.८०%४.८९%
उपकार६.१९%४.१२%
युनिक नेपाल१८.३८%१९.२५%
नेष्डो समृद्ध२१.६०%२०.९५%
मानुषी५.९७%५.४८%
अभियान४.१५%४.१४%
एनएमबि४.८३%५.९६%
इन्फिनिटी१७.८५%९.८५%
नेरुडे मिर्मिरे२५.७५%८.४७%
स्वाभिमान४.९५%३.४२%
उन्नति सहकार्य९.८६%४.८३%
सीवाईसी१८.४८%४.३५%
ग्लोबल आइएमई८.९६%४.१०%
छिमेक२.४५%२.७२%
कालिका११.४२%४.६७%
डिप्रोक्स८.४३%६.०९%
समता घरेलु१३.३२%७.८३%
स्वावलम्बन११.७७%८.२८%
आशा१०.१५%४.९२%
आरम्भ चौतारी५.२०%२.९१%
हिमालयन८.५८%५.६२%
मेरो माइक्रोफाइनान्स१९.५४%७.७८%
साना किसान४.००%२.२७%
स्वरोजगार७.५५%५.०४%
आत्मनिर्भर११.८१%१५.००%
एनआइसी एसिया१७.३८%१३.३७%
सपोर्ट३.१७%१.७४%
गुराँस३.१३%२.७८%
फस्ट४.५२%४.४४%
जम्मा१०.४२%६.५०%
स्रोत : लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण